जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको छलाङः नाफा ६८७३१ प्रतिशतले बढेर पुग्यो ५ करोड ३० लाख

अजोड इन्स्योरेन्सको छलाङः नाफा ६८७३१ प्रतिशतले बढेर पुग्यो ५ करोड ३० लाख

अजोड इन्स्योरेन्स कम्पनीले आक्रामक छलाङ मारेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै ५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । जबकी गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको नाफा जम्मा ७७ लाख रुपैयाँ मात्रै थियो ।

अजोडले एक वर्षको अवधीमै आफ्नो नाफामा ६८ हजार ७ सय ३१ प्रतिशतले नाफा बढाउन सफल भएको देखिन्छ । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषमा ८ करोड र जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । नयाँ निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा पहिले आइपीओ जारी गरेको अजोडको सेयर अहिले दोश्रो बजारमा खरिद बिक्रि भैरहेको छ ।

कम्पनीले ३५ हजार ९ सय ५२ वटा बीमा लेख मार्फत ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।  अजोडले ५ सय ९५ वटा दावी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी दिएको छ । अजोडको प्रति सेयर आम्दानी भने ५.३० रुपैयाँ छ । त्यस्तै प्रति सेयर नेटवर्थ ११६.७२ रुपैयाँ रहेको छ ।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका