जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • नेशनल लाइफको खुद बीमाशुल्क ४६ प्रतिशतले बढ्यो

नेशनल लाइफको खुद बीमाशुल्क ४६ प्रतिशतले बढ्यो

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८९ करोड ११ लाख रुपैयाँ अर्थात ४६.६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमास कम्पनीले १ अर्ब ९१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

साे अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १ करोड ३७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ६९ करोड ८८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट १२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २९ लाख ७५ हजार रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३५ अर्ब ९४ करोड २४ लाख, जगेडा कोषमा एक अर्ब १४ करोड २७ लाख र महाविपत्ती कोषमा २९ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

कुल ८ लाख ८२ हजार ७२६ बीमालेख कायम रहेको इन्स्योरेन्सले २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ५ हजार १३८ वटा दाबी बापत ८६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३८ करोड ७२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात ४८.७६ गुणा रहेको छ।

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?