जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड, झण्डै १९०० विन्दु नजिक

शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड, झण्डै १९०० विन्दु नजिक

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ । मंसिर ७ गते झण्डै ७ अर्बको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेमा साताको अन्तिम दिन आज (बिहिबार) साढे ७ अबै बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाको कारोबार भएको छ ।

त्यस्तै आज शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ । ३ वर्ष लगातार घटेको शेयर बजार आज बिहीबार सर्वाधिक उचाइमा पुगेको हो । बिहीबार नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड उचाइमा पुगेको हो । आज नेप्से १८. ३२ अंकले बढेर एक हार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।

7640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका