जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो

एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो

एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको एक वर्षमा ३७ लाख रुपैयाँले आम्दानी बढेको छ। बैंकले २३औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीको तलब सुविधा बढेको जनाएको छ।

अघिल्लो वर्ष न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए। गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।

न्यौपानेले भत्तासहित कुल वार्षिक तलब एक करोड ८० लाख बुझेका हुन्। यसबाहेक उनले ७० लाख ५९ हजार रुपैयाँ नाफाबाट बोनस पनि पाएका छन्। उनलाई बैंकले अन्य सुविधा अन्तर्गत एक सवारी साधन र ड्राइभर खर्च, बीमा, कर, मर्मतसम्भारलगायत खर्च पनि बैंकले दिएको छ।

बैंकले गत  वर्ष बैंकले २ खर्ब ९१ करोड रुपैयाँ कर्मचारी तलब र बोनसमा खर्च गरेको छ। गत वर्षको मुनाफाबाट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश बाँड्न लागेको छ। बैंकले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि अर्को साता साधारणसभा डाकेको छ।

6130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका