जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ शाखा चितवनको हाकिम चौकमा

एभरेष्ट बैंकको नयाँ शाखा चितवनको हाकिम चौकमा

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप-महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

7545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?