जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड ७९ लाख

हिमालयन बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड ७९ लाख

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक वर्षमा एक करोड ७९ लाख ७७ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार, राणाले गत आर्थिक वर्ष तलब ८७ लाख ५५ हजार रुपैयाँ बुझेका छन्। भत्ताबापत ७८ लाख ४ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक उनले मोबाइल/टेलिफोन खर्च ५ लाख ६ हजार र विविध ९ लाख ११ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक गाडी र बीमा सुविधा लिएका छन्।

राणाले नाफाबाट वितरण गरिने बोनस छुट्टै पाएका छन्। बैंकले आफ्ना ब्यवस्थापकहरुलाई तलब सुविधालगायत गरेर एक वर्षमा २९ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ। यो रकम १०९ जना ब्यवस्थापकहरुले पाएका हुन्।

यद्यपि बैंकको कुल कर्मचारी खर्च भने एक अर्ब २१ करोड ८९ लाख रुपैयाँ तलब सुविधा पाएका छन्। बैंकको अन्य सञ्चालन खर्च ८७ करोड रुपैयाँ छ। बैंकले आफ्ना सञ्चालकहरुलाई वर्षभरीमा बैठक भत्ता, टेलिफोन/मोबाइल र विविध गरेर ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसबाहेक सञ्चालकहरुका लागि २ लाखको औषधोपचार बीमा र ३० लाखको दुर्घटना बीमा गरिएको छ। बैंकले गत २७ गते गरेको वार्षिक साधारणसभाबाट ६ प्रतिशत नगद लाभांशका साथै १४ प्रतिशत बोनस सेयर पारित गरेको छ

8135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका