जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल”भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलता पूर्वक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

२०७७ माघ १६ गते शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु.पाँचलाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताउनुभयो । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थितिरहेको थियो ।

6515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?