जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भ्यालेन्टाइन्स सप्ताहमा एनएमबि बैंकको कार्ड बोक्नेलाई स्किम

भ्यालेन्टाइन्स सप्ताहमा एनएमबि बैंकको कार्ड बोक्नेलाई स्किम

एनएमबि बैंकले भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्डमार्फत हुने गरीमा विभिन्न स्किम ल्याएको छ।

बैंकले भिजा कार्डको प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको हो।

यसका लागि बैंकले  विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ।

बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट को भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

7220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका