जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एसिया बैंकद्वारा ग्राहक ठगी

एनआईसी एसिया बैंकद्वारा ग्राहक ठगी

एनआईसी एसिया बैंकले लाखौं ग्राहकहरुलाई करिब तीन बर्षभन्दा लामो समयदेखि ठगी गर्दै आइरहेको पाइएको छ । चेक बाउन्स हुँदा ग्राहकसँग लिएको शुल्क अनाधिकृत रुपमा दोब्बर असुुल गरी ठगी गरेको हो ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको एनआईसी एसिया बैंकले बिगत चार बर्षदेखि ग्राहकसँग लिएको शुल्क लिनुपर्ने शुल्क भन्दा बढी असुल गर्दै आएको थियो । चेक बाउन्स हुँदा सामान्यतया २५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म शुल्क लिन पाउने प्रचलन रहेको छ । तर एनआईसी एसिया बैंकले बर्षौदेखि प्रत्येक पटक चेक बाउन्स हुँदा १००० रुपैयाँ शुल्क असुल गर्दै आएको थियो ।
बीमापोष्टले सो सम्बन्धमा तथ्य फेला पारेर बैंक समक्ष पत्राचार गर्दा उक्त शुल्क आफूले सञ्चालक समितिबाट निर्णय गराएरै असुल गरेको दावी गरेको छ । एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकबाट ग्राहकसँग कसरी बढी शुल्क असुल गर्ने भन्ने बदनियत राखेर काम गरेको पाइएको छ ।

 

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘चेक बाउन्सको १००० रुपैयाँ शुल्क लिने कार्य गैर कानुनी हो ।’ एक हजार रुपैयाँ शुल्क लिँदा बैंकले कसरी जष्टिफाई गर्न सक्छ ?, ति अधिकारीले भने यो त राष्ट्र बैंकले आफैले शुल्क निर्धारण गर्न दिएको छुटको दुरुपयोग र उपभोक्ताको दोहन भएको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् ।

तर, यता बैंकले भने केन्द्रीय बैंकले दिएको अधिकार प्रयोग गरेर आफूहरुले सञ्चालक समितिबाटै ग्राहकसँग पैसा उठाएको स्वीकार गर्छ । बैंकका सूचना अधिकारी कमल खड्काले आफूहरुले सञ्चालक समितिबाटै स्वीकृत गराएर निकै पहिलादेखि ग्राहकसँग प्रत्येक चेक बाउन्सबापत १००० रुपैयाँ शुल्क लिएको स्वीकार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफैलाई नियम बनाएर शुल्क लिन पाउने व्यवस्था गरेपछि सो कार्यको लागि लाग्ने कूल लागत समेतको गणनाको आधारमा प्रमाणित हुन पाउने शुल्क मात्रै लिन पाउने कानुनी व्यवस्था रहेको केन्द्रीय बैंकका अधिकारीहरुको भनाई छ ।

तर, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु र गभर्नर डा. विश्व पौडेलले समेत ग्राहक ठगी गर्ने बैंकमाथि कुनै कारवाही गरेका छैनन् । ग्राहकले आफू ठगिएको भन्दै उजुरी गरेको लामो समय बितिसक्दा पनि कारवाही भए वा नभएको बिषयमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउन सक्ने अवस्थामा छैनन् । अब यसअघि कर्णाली विकास बैंकको छानविनको क्रममा राष्ट्र बैंककै नियमन गर्ने अधिकारीहरुले बार्गेनिङ गरेर नाजायज फाइदा तथा घुस लिएको आरोप लागेको थियो । अहिले एनआईसी एसिया बैंकको ठगी काण्ड पनि त्यस्तै बनिरहेको त छैन ? प्रश्न उठेको छ ।

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?