जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्यूआर कोडबाट भेटी चडाउने सेवा सुचारु

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्यूआर कोडबाट भेटी चडाउने सेवा सुचारु

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्यूआर कोड बाट सम्पर्क रहित भेटी चडाउने सेवा सुरु गरेकोछ ।

बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो । उक्त समारोहमा बैंकका नायव महा प्रबन्धक डा। सन्धिर कुमारले आफ्नो मन्तव्यको क्रममा, यस नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्यूआर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराउनु भयो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एमएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

7490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका