जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • निफ्राले विज्ञ टिम माग्यो, दर्ता हुन एक महिना समय

निफ्राले विज्ञ टिम माग्यो, दर्ता हुन एक महिना समय

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने हेतुले पूर्वाधार विकासका क्षेत्रहरुमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परामर्शदाता, विषय विज्ञ एवं विशिष्टिकृत संस्थाहरुलाई सूचीकृत हुन आशयको सूचना प्रकाशन गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र÷औद्योगीक क्षेत्र, सामाजीक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई INFRA Excellence Center मा सूचीकृत हुन एक महिनाको आवेदन अवधि राखि आशयको सूचना प्रकाशन गरेको छ ।

यस प्रकृया मार्फत सूचीकृत हुन सफल हुनुहुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचानदेखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउनेछ ।

8055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका