जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं उपत्यकामा बैंकका बढीमा ६ शाखा मात्र खोल्न पाइने

काठमाडौं उपत्यकामा बैंकका बढीमा ६ शाखा मात्र खोल्न पाइने

कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ।

कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित छन्। संक्रमणमा पर्ने सर्वसाधारणको संख्या पनि बढ्दो छ।

यसैलाई ध्यान दिँदै संख्या घटाउन लागेको हो। अब काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खुल्ने छन्।

ललितपुर जिल्लामा बैंकको २, विकास बैंक र फाइनान्सको एक/एक शाखा खुल्ने छन्। भक्तपुरमा सबैको एक/एक वटा मात्र शाखा खुल्ने छन्। शाखाहारु रोटेसन गरेर खुल्ने छन्। उदाहरणका लागि आज कान्तिपथको खुल्यो भने भोलि अर्को शाखा खुल्ने छ। यसअघि एक चौथाइ शाखा खोल्न दिइएको थियो।

राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन भनेको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पैसा झिक्ने कुनै पनि सीमा नतोकिए पनि आवश्यक नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्। पैसा जम्मा गर्नका लागि भने सीमा तोकिएको छ।

बैंकहरुले ५० हजारभन्दा बढीको निक्षेप मात्र स्वीकार गर्ने निर्णय गरेका छन्। यो निर्णयलाई राष्ट्र बैंकले पनि समर्थन गरेको छ।

6155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका