जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।

बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६.८४ रुपैयाँ बराबरको नगद(कर प्रयोजनका लागि समेत) लाभांस रहेका छन्।

7510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका