जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनएसीले पनि सुरु गर्‍यो हवाई सेवामा डिजिटल भुक्तानी, नेपाल बैंकसँगको सहकार्यमा क्युआर प्रणाली

एनएसीले पनि सुरु गर्‍यो हवाई सेवामा डिजिटल भुक्तानी, नेपाल बैंकसँगको सहकार्यमा क्युआर प्रणाली

काठमाडौं। नेपाल वायुसेवा निगमले पनि टिकट खरिद-बिक्रीका लागि डिजिटल भुक्तानी सेवा सुरु गरेको छ।

नेपाल बैंकसँगको सहकार्यमा क्युआर प्रणाली प्रयोगमा ल्याएको हो। यो माध्यमले यात्रुले अब अनलाइनमार्फत टिकट  खरिद गर्न सक्ने निगमले जनाएको छ। स्वास्थ्य सतर्कताका लागि नगद लेनदेन निरुत्साहित गर्न निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले यसअघि नै यो सेवा प्रयोगमा ल्याइसकेका छन्।

निगमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा डिजिटल भुक्तानी सेवा सुरु भएको घोषणा गरिएको हो। सेवा सुरुवातको घोषणा महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको सहभागितामा गरिएको थियो।

बदलिदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएका कारण यो प्रणाली निगमले पनि सुरु गरेको प्रबन्ध निर्देशक पौडेलले बताए। ‘मुलुककको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा हामी खुशी छौं। अब यो प्रणालीबाट दुर्गम र गाउँ गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुनेछ,’ उनले भने।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागितासहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। ‘निगमसँग पुनः सहकार्य गर्ने अवसर पाएकोमा बैंकले यसलाई उपलब्धिको रुपमा लिएको छ। भविष्यमा अन्य विषयमा पनि सहकार्य गर्दै अगाडी बढ्नेछौं,’ उनले भने

 

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका