जोडिनुहोस
आइतवार, बैशाख ७, २०८२
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको आर्थिक सहयोग

संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको आर्थिक सहयोग

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्ला अन्र्तगत पोखरा महानगरपालिका २९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ।

लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउमा सहयोग गरेको वताएका थिए भने यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको वताएका थिए ।अस्पतालका कार्यकारी निर्देशक  विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।

गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको वताउदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्था द्धारा सहयोग भईरहेको वताएका थिए ।

6355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका