जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालय एयरलाइन्स निःशुल्क भेरोसेल खोप ओसार्दै

हिमालय एयरलाइन्स निःशुल्क भेरोसेल खोप ओसार्दै

हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तगर्त कोभिड–१९ महामारीमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरूप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।

हिमालय एयरलाइन्सको ३१९–११५–११५ ९एन–एजेके एयरबसले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चार पटक उडान गरी खोप ढुवानी गर्ने भएको हो । हिमालयका उडानले भेरोसेल खोपका २ लाख डोजका ४१७ वटा बाकस निःशुल्क ढुवानी गर्नेछन् ।

प्रत्येक पटकको उडानमा एयरबसले अधिकतम १०५ वटा खोपका बाकस बोक्ने कम्पनीले जानकारी दिएको छ ।

निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्‍याउनेछ ।

कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकारलाई सहयोग पु¥याउन कम्पनीले राष्ट्रिय संकटको महत्वपूर्ण समय निःशुल्क कार्गो उडान सञ्चालन गरेको हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले बताए । विपद्का बेला नेपाली जनता र सरकारलाई साथ दिन हिमालयले निःशुल्क खोपका उडान भरेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

7200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका