जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार सुरु

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार सुरु

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर)े सम्बन्धी एकिकृत कारोबार सुरु भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय देव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका प्रतिनिधि वारिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, त्यसै गरी जीवन बीमक संघ नेपालका अध्यक्ष पोशाक राज पौडेल, साथै नेपाल बीमक संघका अध्यक्ष चंखु क्षेत्री लगायत नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पधादिकारीहरु र बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु, संस्थापक शेयरधनी महानुभावहरु लगायत ग्राहक महानुभावहरको पनि उपस्थिति रहेको थियो ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने÷गाभिने (मर्जर)े सहमति सहित दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार थालनी भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिँदै दुवै कम्पनीले मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेको ९० दिन भित्रमा एकिकृत कारोबार गर्न सफल भएकोमा समेत धन्यवाद दिँदै दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नतामा मर्जर पछि यो कम्पनी उत्कृष्ठ बीमा कम्पनी हुनेछ भनि शुभकामना समेत दिनुभयो । कार्यक्रममा उपस्थित विशेष अतिथिहरु तथा अतिथिज्यूहरुले कम्पनीको उत्तरोतर प्रगतीको कामना सहित शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका सभापती तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै प्रारम्भिक सम्झौता भएको ९० दिन भित्र सेवा कार्य सम्पन्न गर्न सहयोग गर्ने नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले संचालक समितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा ढकालहरुले देशभर सातै प्रदेशमा रहेका शाखा संजाल तथा ५१७ जना अनुभवी कर्मचारीहरुबाट सरल, चुस्त र दुरुस्त सेवा प्रदान गरी ३ अरब २ करोडको चुक्ता पूँजी सहित निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कार्य आरम्भ गरेको यस सुखद घडीमा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका