सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ। असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गरेको हो।
उनी केही समयदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए। गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेलले वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए।