जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ज्योति लाईफको स्मार्ट एप्समा थप सुबिधा

ज्योति लाईफको स्मार्ट एप्समा थप सुबिधा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ल्याएकोे छ । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको कम्पनीले दावी गरेको छ ।

बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको ल्यतषष्अबतष्यल अलर्ट समेत त्यहाँ पाउन सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी, स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको छ । ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । यस एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन÷सेयर गर्न सक्नेछन् ।

जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भने यसलाई “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमा पनि लिन सक्ने छन् । ज्योति लाईफद्धारा सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेबाग्राहिहरुले यस मोबाईल एप्सबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

8885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका