जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । यस बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको हो ।

सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३ हजार ५ सयभन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा Business Excellence Certificate द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि Business Excellence Certificate ले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका