नबिल बैंकको विशेष साधारण शनिबार सम्पन्न भएको छ । युनाइटेड फाइनान्स लिमिटेडलाई एक्वायर (प्राप्ती) गर्ने सञ्चालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ ।
युनाइटेड फाइनान्स गाभिएपछि नबिल बैंक अझ बलियो बनेको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउँछन् ।
कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।