जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओ आउँदै

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओ आउँदै

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ।

संस्थाले प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका  दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ।

सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ।

लघुवित्त संस्थाका अनुसार प्राप्तिपछि संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरिसकेको जनाएको छ।

7705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर