जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्‍यो

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्‍यो

नबिल बैंकले आजबाट ऋणपत्र जारी गरेको छ। बैंकले छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ढिलोमा २४ गतेसम्म बिक्री गर्ने छ।

बैंकले ८ प्रतिशत ब्याज दरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसको परिपक्व अवधि सात वर्षको हुने छ।

यसअघि बैंकले जारी गरेको ऋणपत्र २०८२ सालमा परिपक्व हुँदैछ। यसको ब्याज १० प्रतिशत छ भने कुल २ अर्ब रुपैयाँको जारी गरेको थियो।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्नेछ। बढीमा सबै खरिद गर्न पाइने छ।

बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्नेछ

7670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?