जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • उद्योग परिसंघमा लामो रस्साकस्सीपछि छानिए सात उपाध्यक्ष, को-को आए?

उद्योग परिसंघमा लामो रस्साकस्सीपछि छानिए सात उपाध्यक्ष, को-को आए?

नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको १८औं वार्षिक साधारणभाबाट चयन भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात उपाध्यक्ष चयन गरिएको हो।

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भइसकेका छन्। लामो रस्साकस्सीपछि सात उपाध्यक्ष चयन गरिएको हो। उपाध्यक्ष धेरै आकांक्षी भएका कारण सहमतिमा मिलाउन कठिन भएको थियो।

उपाध्यक्षमा आएका सबैजसो युवापुस्ताका व्यवसायी छन्।

परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, चितवनका उद्योगी कृष्णप्रसाद अधिकारी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे उपाध्यक्षमा चयन भएका छन्।

7605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका