जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु बैंकका हेल्थ केयर सेन्टरबिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंकका हेल्थ केयर सेन्टरबिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख  भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विसेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण९रगत, दिसा, पिसाब, खकार० सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी (यु.एस्.जी तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गनर्,े समर्पण हेल्थ केयर सेन्टरदेखि २ कि. मि.को दुरी भित्र रहेका  ग्राहकलाई होम लिभरीको व्यवस्था गरिएको छ ।

सम्झौता अन्तर्गतसमर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंककाग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका