जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक, २.५ गुणासम्म दाबी भुक्तानी पाइने

सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक, २.५ गुणासम्म दाबी भुक्तानी पाइने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन लाइफ सावाधिक सुनौलो जीवन बीमा योजना सार्वजनिक गरेको हो । यस योजनामा सामान्य मृत्यु भएमा बीमाङक रकमको १.५ गुणासम्म दाबी भुक्तानी पाइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा बीमाङक रकमको २.५ गुणासम्म बीमा दाबी भुक्तानी पाइने कम्पनीले जनाएको छ । साथै, यस बीमा योजनामा किरिया खर्च सुविधा समेत पाइने कम्पनीले जानकारी गराएको छ ।

यस बीमा योजनामा बीमा अवधि समाप्त भएपछि आर्जित बोनश र बीमाङक रकमको १४० प्रतिशत सम्म भुक्तानी पाइनेछ । जसमा १० वर्ष अवधिको बीमा गराउँदा समय अवधि समाप्तपछि १२४ प्रतिशत, १५ वर्ष अवधिको बीमा गराउँदा १३० प्रतिशत र २० वर्ष अवधिको बीमा गराउँदा १४० प्रतिशत सम्मको भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, बीमा अवधिभित्र कुनै बीमितको मृत्यु भएमा उक्त अवधिसम्मको आर्जित बोनश र बीमाङक रकमको १५० प्रतिशत मृत्यु दाबी भुक्तानी पाइने, ५० लाखसम्मको दुर्घटना मृत्यु लाभ पाइने, ५० हजारसम्मको किरिया खर्च पाइने, बीमाशुल्क भुक्रानीमा छुट पाइने, वार्षिक भुक्रानीमा २ प्रतिशत,अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत छुट पाइने कम्पनीले बताएको छ ।

यस बीमा योजना खरिदका लागि बीमितको उमेर कम्तिमा १८ वर्ष भएको हुनुपर्नेछ भने अधिकतम ५५ वर्षसम्म उमेरका व्यक्तिे यस योजनामा सहभागी हुन सक्नेछन् । न्युनतम बीमाङक रकम २ लाख हुनुपर्नेछ भने अधिकतममा हुनै हद छैन् । कम्तिमा १० वर्ष अवधिको लागि यस बीमा योजना खरिद गर्न सकिनेछ भने अधिकतम बीमा अवधि २० वर्षको रहेको कम्पनीले जनाएको छ ।

6875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?