कर्मचारी संचय कोषको निमित्त प्रशासकको जिम्मेवारी का.मु. सह-प्रशासक जितेन्द्र धितालले पाएका छन् । प्रशासक तुलसी गौतमलाई सरकारले बर्खास्त गरेपछ धितालले निमित्त प्रशासकको जिम्मेवारी पाएका हुन् ।
गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई बर्खास्त गरेको हो । संचय कोषको प्रशासक बन्नको लागि कोषको सञ्चयकर्ता हुनु पर्ने ब्यबस्था छ। तर, गौतमले निजामति कर्मचारीबाट अवकास पाएपनि पदमा बसिरहेका थिए ।
गौतम हिमालयन बैंकको अध्यक्ष समेत थिए। सरकारले बर्खास्त गरेसंगै उनको बैंकको अध्यक्ष पद पनि गुमेको छ । अब कोषले बैंकको संचालक समितिमा अर्को प्रतिनिधि चयन गरि पठाउने छ ।