जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

2460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका