जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • अब तीन रुपैयाँ हाराहारी सस्तिन्छ डन्डीको मूल्य !

अब तीन रुपैयाँ हाराहारी सस्तिन्छ डन्डीको मूल्य !

‘स्पन्ज आइरन’ आयातमा भन्सार ५ प्रतिशत हुँदा बिलेट आयात गर्ने र यही उत्पादन गर्ने उद्योगबाट उत्पादन डन्डीको मूल्यमा एकदेखि डेढ रुपैयाँको अन्तर रहने गरेको उद्योगीहरुको भनाइ छ। अर्थात्, बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा त्यसको लागत बिलेट यही उत्पादन गर्ने उद्योगको भन्दा किलोमा एकदेखि डेढ रुपैयाँ महँगो पर्ने गरेको थियो। 

सरकारले अहिले ‘स्पन्ज आइरन’ आयातमा भन्सार शून्यमा झारेपछि त्यसले बिलेट नेपालमै उत्पादन गर्ने उद्योगको डन्डी उत्पादन लागत किलोमा डेढ रुपैयाँले सस्तिने भनाइ उद्योगीको छ। 

यसअनुसार, बिलेट आयात गरेर रोलिङ गर्ने उद्योगको भन्दा बिलेटसमेत उत्पादन गर्ने उद्योगले उत्पादन गर्ने डन्डीको मूल्य किलोमा अब तीन रुपैयाँ हाराहारी फरक पर्ने सोझो हिसाब देखिन्छ।

बिलेट हिटिङमा प्रयोग भइरहेको इन्डक्शन फर्नेस आयल खपतको हिसाब यसमा छैन। बिलेट उत्पादन गर्दा त्यो तात्‍तातो भएकै बेला एकैपटक डन्डी रोलिङ पनि हुने भएकाले हिटिङ गरिराख्नु पर्दैन। अहिले नेपालमा करिब १० लाख टन डन्डीको वार्षिक उत्पादन रहेकोमा त्यसको आधाजसो (चार लाख टन हाराहारी) आयातित बिलेटबाट भइरहेको छ। अर्थात्, चार लाख टन बिलेट हिटिङमा डेढ करोड लिटर फर्नेस आयल खर्च भइरहेको छ।

बिलेट उत्पादन गर्ने उद्योग बढ्दा तत्काल फर्नेस आयलमा भइरहेको खर्च समेत घट्नेछ भने केही वर्षपछि डन्डीमा मूल्य प्रतस्पर्धा पनि बढ्ने हुँदा यसले उपभोक्ता मूल्य पनि अझ तल ओर्लिनेछ।  

5405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका