जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर लिलाममा

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर लिलाममा

ज्योति विकास बैंक र प्रभु इन्योरेंसको संस्थापक सेयर लिलाममा आएको छ। यहि भदौ २९ देखि लिलाम बढाबढको लागि आबेदन खुला हुने र कात्तिक ३ गते आबेदनको मिति सकिने बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ। 

  ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रिको लागि खुला गरिएको हो।लिलाम बढाबढमा कानुनि रुपमा योग्य व्यक्ति, सँस्था तथा कम्पनीहरुले भाग लिन पाउनेछन। 

लिलाममा सहभागी हुनलाई दुवै सँस्थाको लागि न्युनतम एक हजार कित्ताको लागि बोलकबोल गर्नुपर्नेछ भने ज्योति विकास बैंकको लागि न्युनतम प्रतिकित्ता १४५ रुपैयाँ र प्रभु इन्स्योरेन्सको लागि प्रति कित्ता ३५० रुपैयाँ कायम गरिएको छ। 

लिलाम बढाबढको लागि प्राप्त बोलपत्र कात्तिक ५ गते बिहान ११ बजे क्यापिटलकै कार्यलयमा खोलिने क्यापिटलले जनाएको छ।

8635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका