जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • विरोधपछि अर्थमन्त्रीको प्रष्टीकरण, ‘सेनिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन’

विरोधपछि अर्थमन्त्रीको प्रष्टीकरण, ‘सेनिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन’

सरकारले सेनिटरी प्याड आयातमा भन्सार महसुल नबढाएको प्रष्ट्याएको छ। 

सेनिटरी प्याड आयातमा आर्थिक वर्ष२०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

बरु सेनिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको विज्ञप्तिमा उल्लेख छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको छ।

वर्तमान सरकारले सेनिटरी प्याड आयातमा भन्सार शुल्क बढाएको भन्दै सामाजिक सञ्जाल  तथा कतिपय संचारमाध्यममार्फत हल्ला फैलाएको भन्दै त्यस्तो भ्रममा नपर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

4130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्