जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • रोकिएको कोरोना बीमा भुक्तानीको प्रक्रिया अघि बढाउन बीमा समितिलाई अर्थमन्त्रीको निर्देशन

रोकिएको कोरोना बीमा भुक्तानीको प्रक्रिया अघि बढाउन बीमा समितिलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीको आवश्यक प्रक्रिया अघि बढाउन बीमा समितिलाई निर्देशन दिएका छन्। 

अर्थमन्त्री शर्माले बीमा समितिका  अध्यक्ष सूर्यप्रसाद सिलवाललगायत पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाई रोकिएको कोरोना बीमा भुक्तानीका लागि आवश्यक स्रोत साधन र उपायका बारेमा छलफल गरेका हुन्। 

छलफलमा मन्त्री शर्माले  भुक्तानीका बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न बीमा समितिलाई निर्देशन समेत दिएको मन्त्रालयले जनाएको छ।

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?