जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भुक्तानी सेवाप्रदायकलाई पनि सम्पति शुद्धिकरणको नियम: पालना नगरेमा २० लाख रुपैयाँसम्म जरिवाना

भुक्तानी सेवाप्रदायकलाई पनि सम्पति शुद्धिकरणको नियम: पालना नगरेमा २० लाख रुपैयाँसम्म जरिवाना

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई समेत सम्पति शुद्धिकरण तथा आतङ्कबादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धि निर्देशन जारी गरेको छ। भुक्तानी प्रदायकले कुनै ग्राहकले एक वा एकभन्दा बढि खाता/वालेटमा एकै पटक वा पटक पटक गरी एक महिनामा १० लाखभन्दा बढी रकमको कारोबार गरेमा राष्टंर बैंकलाई जानकारी दिनु पर्ने छ।

राष्ट्र बैंकभित्र रहेको वित्तीय जानकारी इकाइलाई १५ दिनभित्र जानकारी गराउनु पर्छ। दुई वटा गतिविधि देखिएमा इकाइलाई जानकारी गराउनु पर्ने हुन्छ।

सम्पति शुद्धिकरण तथा आतङ्कबादी कार्यमा वित्तीय लगानी सम्बन्धि कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शंका लागेमा जानकारी गराउनु पर्छ। आतङ्कारीलगायतका कुरामा शंका लागेमा पनि जानकारी गराउनु पर्छ।

यदि कसैले राष्ट्र बैंकको नियम पालना गरेन भने कारवाहि हुने छ। नीति तथा कार्यविधि नभएमा पहिलो पटकलका लागि सचेत गराउने छ भने दोस्रो पटकदेखि १० लाख जरीवाना गरिने छ।

ग्राहाक पहिचान सम्बन्धि ब्यवस्था कार्यान्वयन नभएमा २० लाखसम्म जरीवाना हुने छ। काल्पनिक कारोबार गरेमा पनि २० लाखसम्म जरिवाना हुने छ। 

7055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?