जोडिनुहोस
आइतवार, बैशाख ७, २०८२
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • एनआइसी एसिया बैंकको लाभांश दर घट्यो, १५ प्रतिशत बोनस सेयर दिने

एनआइसी एसिया बैंकको लाभांश दर घट्यो, १५ प्रतिशत बोनस सेयर दिने

एनआइसी एसिया बैंकले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँले बढ्ने छ। 

बैंकको लाभांश दर पोहोरभन्दा घटेको हो। पोहोर २० प्रतिशत दिएको थियो। पछिल्लो १० बर्षसमा बैंकले लाभांश ४१ प्रतिशतसम्म दिएको इतिहास छ। बैंकले कम्तिमा साढे १० प्रतिशत लाभांश दिएको छ। 

बैंकले गत आर्थिक बर्ष एक अर्ब ९२ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको जगेडा कोषमा सात अर्ब १७ करोड रुपैयाँ छ।

5925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?