जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महिन्द्राको विद्युतीय ट्रियो थ्री ह्‍वीलर सार्वजनिक

महिन्द्राको विद्युतीय ट्रियो थ्री ह्‍वीलर सार्वजनिक

 महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो लिथियम आइओन भएको इलेक्ट्रिक थ्री-ह्वीलर अटो सार्वजनिक गरेको छ। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ मूल्य तोकेको छ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्छ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ।

तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले जनाएको छ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँको पेट्रोल बचत गर्नेछन्।

महिन्द्रा ट्रियो १०,००० भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो। सन् २०१८ मा यो सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे कम्पनीले जनाएको छ।

शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले थ्री ह्वीलर अटो सार्वजनिक गर्ने सही समय भएको बताए।

 ट्रियोमा २,०७३ मिलिमिटर ह्वीलबेसका साथै जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको कम्पनीले जनाएको छ।

यो सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक रहेको कम्पनीले जनाएको छ। पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी दिने कम्पनीले जनाएको छ।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका