जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • चार बैंकको बैंकको नाफा कति पुग्यो?

चार बैंकको बैंकको नाफा कति पुग्यो?

 स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), सेञ्चुरी बैंकको नाफा बढेको छ। चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यी बैंकले नाफा बढेको जनाएका हुन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २० प्रतिशतले बढेको छ। बैंकले ४८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी पनि ४५ प्रतिशत हाराहारीले बढेको छ। ऋण साढे १० प्रतिशतले बढेर ६८ अर्ब ९९ करोड पुगेको छ। बैंकको स्प्रेड दर ४.३३ बाट ४ प्रतिशतमा आएको हो।

सिटिजन्स बैंकको नाफा ३३ प्रतिशतले बढेर ६८ करोड ७३ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ४३ प्रतिशतले बढेको छ। बैंकले यो अवधिमा करिव ८ प्रतिशतले ऋण बढाएर एक खर्ब २८ अर्ब रुपैयाँ पुर्याएको छ। बैंकको स्प्रेड दर ४.४ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा आएको छ।

एनसीसी बैंकको नाफा ५४.८३ प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेको छ भने ऋणमा पनि साढे १५ प्रतिशतको सुधार सहित एक खर्ब ९ अर्ब पुगेको छ। बैंकको स्प्रेड दर ४.३८ बाट घटेर  ३.३३ प्रतिशतमा आएको छ।

यता सेञ्चुरी बैंकले पनि नाफा २३.७० प्रतिशतले बढाएको छ। बैंकले खुद नाफा २७ करोड २४ लाख रुपैयाँ भएको जनाएको छ। बैंकको स्प्रेड दर ४.३१ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा आएको छ ।

4665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्