जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कृषि विकास बैंकको संचालक समिति सदस्यमा प्रकाश कुमार संञ्जेल

कृषि विकास बैंकको संचालक समिति सदस्यमा प्रकाश कुमार संञ्जेल

कृषि बिकास बैंकमा एक सञ्चालक समिति सदस्य मनोनयन भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा प्रकाश कुमार संञ्जेल मनोनयन भएका हुन् । 

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य  प्रकाश कुमार संञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार केसीले सपथ ग्रहण गराएका थिए । 

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो । 

4980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?