जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • प्राइम कमर्सिलय बैंकले लाभांश घोषणा गर्यो

प्राइम कमर्सिलय बैंकले लाभांश घोषणा गर्यो

प्राइम कमर्सियल बैंकले शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको ४३३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

 जस मध्ये १६ प्रतिशतका दरले बोनस शेयर र ०.६३१३ प्रतिशतका नगद लाभांश प्रस्ताव गरेको छ  । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभाँश दिने प्रस्ताव गरिएको छ । 

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । 

5345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका