जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छोरीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

छोरीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

रुपन्देही सिद्धार्थनगरका युवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी स्पर्धा शर्माको उज्वल भविज्यको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा पोलिसी खरिद गरिदिएका हुन् ।

जन्मदिनको अवसरमा आयोजना भएको पोलिसी हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफका भैरहवा एशिया प्रमुख नरेश सिग्देलले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफको बारेमा जानकारी दिदै स्पर्धालाई पोलिसी हस्तान्तरण गरेका थिए ।

त्यसै गरि भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरी एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर विमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाँउ भेटेको र विमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै विमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने कुरा उल्लेख गरे ।

6505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?