जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विओकेका कार्ड बाहकहरुलाई सस्तोडिलको सुपर डे योजनामा छुट

विओकेका कार्ड बाहकहरुलाई सस्तोडिलको सुपर डे योजनामा छुट

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा रु. ३,००० सम्म छुट पाउनुहुनेछ । पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. ३,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,००० सम्मको छुटको सुबिधा पाउन सक्नुहुनेछ । यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?