जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रोग्रेशिभ फाइनान्सद्वारा पहिलो पटक लाभांश प्रस्ताव

प्रोग्रेशिभ फाइनान्सद्वारा पहिलो पटक लाभांश प्रस्ताव

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ७.० प्रतिशत बोनश शेयर रु.५,६०,०७,०००/- (अक्षरेपी: पाँच करोड साठी लाख सात हजार मात्र) र ०.३६८४ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु. २९,४७,७३६/८४ (अक्षरेपी: उनान्तीस लाख सड्चालिस हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र) गरी कुल लाभांश ७.३६८४ प्रतिशत अर्थात रु.५,८९,५४,७३६/८४ (अक्षरेपीपाँच करोड उनान्नब्बे लाख चवन्न हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका