जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालय एयरलाइन्सलाई आइएसओ ९००१:२०१५ मान्यता, आइएसओ पाउने पहिलो वायुसेवा कम्पनी

हिमालय एयरलाइन्सलाई आइएसओ ९००१:२०१५ मान्यता, आइएसओ पाउने पहिलो वायुसेवा कम्पनी

निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आइएसओ ९००१:२०१५ मान्यता पाएको छ। यसअघि विभिन्न उद्योग, संस्थाले पाउँदै आएपनि हवाई कम्पनीमा हिमालय पहिलो हो।

गुणस्तर व्यवस्थापन प्रणालीमार्फत यात्रु, कार्गो, उड्डयनसम्वन्धी तालिम दिएको आधारमा कम्पनीले यो मान्यता पाएको विज्ञप्तिमा उल्लेख छ। यस अघि गत सन् २०२० अगस्टमा यो कम्पनीलेमर्मत सम्भार र इन्जिनियर सेवामा यो मान्यता पाएको थियो।

कम्पनीले अहिले पाएको मान्यताको युनाइटेड रजिस्ट्रार र युनाइटेड किङडमसँग सम्वद्ध रहेको जनाइएको छ। कम्पनीले यसका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको जनाएको छ।

आइएसओ सर्टिफिकेशन प्राप्त गरेसँगैं कम्पनीका अध्यक्ष झोइन योङले भने,’हिमालय एयरलाइन्सका लागि यो गौरवान्वित कुरा हो। कम्पनीमा कार्यरत सपरिवारको मेहेनतले यो प्राप्ती गर्न सफल भएका हौँ।’

गुणस्तरको मान्यता पाएसँगै कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा थप अगाडि बढ्ने उर्जा प्राप्त भएको उपाध्यक्ष विजय श्रेष्ठले बताए। 

4480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?