जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सका सिइओ खड्काको कार्यकाल थपियो, सफल सिइओको रुपमा स्थापित

नेको इन्स्योरेन्सका सिइओ खड्काको कार्यकाल थपियो, सफल सिइओको रुपमा स्थापित

नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ ।

कम्पनीलाई नयाँ उचारमा पुर्याएका खण्डकालाई निरन्तरता दिन कम्पनीको सञ्चाकल सकितिले एक महिना भन्दा अगाडी नै प्रकृयाँ अगाडी बढाएर बीमा प्राधिकरणबाट स्वीकृत गराएको हो । खड्का २०७६ साउन तेस्रो सातामा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

खड्का नेकोमा आउनु भन्दा अगाडी माछापुच्छ्रे बैंकमा थिए । महतो समुहले नेको इन्स्योरेन्सको सेयर खरिद गरेपछि उनी माछापुच्छ्रे छाडेर नेको आएका हुन् । सन् १९९४ बाट बैंकिङ करियर सुरु गरेका खड्का माछापुच्छ्रे बैंक छाडेर नेको इन्स्योरेन्सको व्यवस्थापन परामर्शदातामा नियुक्त भएका थिए ।

खड्काले सन् १९९४ मा तत्कालिन इन्डोसेज बैंक (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक) बाट करियर सुरु गरेका हुन् । उनी त्यसपछि विभिन्न संस्थामा शाखा प्रबन्धक हुँदै प्राइम कमर्सियल बैंकमा सहायक व्यवस्थापक भए ।

प्राइम छाडेर तत्कालिन स्टेन्डर्ड फाइनान्स (मर्ज भएर माछापुच्छ्रे बैंकमा विलिन भएको) मा नायव महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।

मर्जसँगै उनी माछापुच्छ्रे बैंकको मूख्य व्यवस्थापकमा नियुक्त भएका थिए । स्टेन्डर्ड फाइनान्स र माछापुच्छ्रे बैंक मर्ज गराउन खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए । गैरआवसीय नेपाली उपेन्द्र महतो समूहको मूख्य लगानी रहेको माछापुच्छ्रे बैंकबाट उनी महतो समुहकै लगानी रहेको नेको इन्स्योरेन्स प्रवेश गरेका हुन् । त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका खड्का जोखिम व्यवस्थापनको क्षेत्रमा अनुभवी मानिन्छन् ।

व्यवसाय सँगै मुनाफामा पनि उल्लेख्य सुधार गर्न सफल खड्काले कम्पनीलाई मर्जरमा नलगी पूँजी जुटाउने रणनीति बनाएका छन् । रिइन्स्योरेन्समा राम्रो विश्लेषण गर्न सक्ने खड्काले हरेक वर्षमा मुनाफामा अब्बल बनाउन सफल भएका छन् ।

उनले आफ्नो पहिलो कार्यकालमा बीमा भवन बनाउन सफल भए । बीमा शुल्क आर्जनमा गत आर्थिक वर्ष नेको सबैभन्दा अगाडी थियो । उनि आए पछि कम्पनीले हरेक वित्तीय सूचकमा छलाङ मारेको छ ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका