जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ। 

नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ उन्नत पोलिक्लिनिक हो। जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरुमा सजिलो पहुँच प्रदान गर्दछ। 

यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमुना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८७ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

7015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका