जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

 महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । 

यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराए  । 

एक विशेष कार्यक्रमका बिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । महालक्ष्मी विकास वैंक ले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको  छ ।

साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा रु ५लाख सम्मको दुर्घटना विमा, निशुल्क मोवाइल वैकिङ्ग , निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

6270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका