जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् ।

एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताए । यसरी ऋण दिंदा विकसित देशमा प्रयोग हुने नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न उनले आग्रह समेत गरे ।

‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्‍यो,’ उनले भने, ‘जसका कारण हाम्रा परियोजना कार्यान्वयन गर्न सजिलो होस् ।’

ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने उनको भनाइ छ ।

समीक्षा कार्यक्रममा एडीबीको आर्थिक सहयोगमा विभिन्न परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारी सहभागि थिए ।

सबै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै उनले भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ ।’ उनले अहिले बन्दै गरेका र अब छनोट हुने नयाँ परियोजनामा यस बारे ध्यान दिन आग्रह गरे ।

अर्थमन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो शर्त राखेर एडीबीले परियोजनामा लगाानी गर्नुपर्ने समेत बताए ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्