जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुजुकीको ह्याप्पी न्यू कार ग्राहक योजना सुरु

सुजुकीको ह्याप्पी न्यू कार ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले गाडी खरिद गर्नेलाई नयाँ अफर ल्याएको छ ।

कम्पनीले बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजा सम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक छुटहरु लागू हुनेछन् ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको जनाएको छ ।

4970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका