जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सूर्या लाइफको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी, दुई दशकको अनुभव

सूर्या लाइफको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी, दुई दशकको अनुभव

सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले बैशाख ९ गतेदेखि लागू हुने गरी गिरीलाई ब्रान्ड मार्केटिङ र पब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त गरेको हो । गिरीले जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले यसअघि एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्डिङ र पब्लिक रिलेसनको जिम्मेवारी सम्हालेका छन् । उनीसँग कान्तिपुर पब्लिकेशनमा कबम गरेको अनुभम पनि छ ।

बर्दियाको गुलरियामा जन्मिएका गिरिले एमबिए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । मार्केटिंग र ब्राण्डिङमा दुई दशकको अनुभ भएका गिरी क्रिएटिभ ब्राण्डिङमा पोख्त छन् ।

6720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका