जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल बंगलादेश बैंकका ग्राहकले नेपालीरिका होटलमा विशेष छुट पाउने

नेपाल बंगलादेश बैंकका ग्राहकले नेपालीरिका होटलमा विशेष छुट पाउने

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । 

यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर  भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ । समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । 

साथै होटलले विषेश छुट प्रदान गरी ९९ हजार ९९९ मा वार्षिक सदस्यता प्रदान गर्ने जनाएको छ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पुर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।  

देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटल प्रालिले क्रीमसन होटलको व्यवस्थापन अन्तर्गत रहने गरी हाल मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा नगरपालीकाको विराटचोक र झापा जिल्लाको दमक नगरपालीकामा थ्रि–स्टार स्टाण्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ । साथै, थप गन्तव्यहरुमा नयाँ होटलहरू निर्माणको प्रकृयामा रहेको होटलले जानकारी गराएको छ ।  

नेपालीरिका होटल र नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्घनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् ।    

5640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका