जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अजोड इन्स्यारेन्सको सीईओमा खत्रीको निरन्तरता

अजोड इन्स्यारेन्सको सीईओमा खत्रीको निरन्तरता

अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल चार वर्ष थप गरेको छ । कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई एक कार्यकाल थप्ने निर्णय गरेको हो ।

कम्पनीले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नु अगाडी नै प्रमुख कार्यकारी अधिकृतमा भित्र्याएको थियो । उनले चार वर्षको अवधिमा पुराना कम्पनीहरुलाई पनि टक्कर दिदै निर्जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भएका छन् ।

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले यस भन्दा अगाडी नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स), लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेका थिए ।

8090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका